मिति - २०८३-०२-१३
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थीहरु 💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालयद्वारा इस्लाम धर्मावलम्बीहरुको महान पर्व (ईद उल फित्र) को पावन अवसरमा जारी गरिएको सार्वजनिक बिदा भए पनि विविध कार्यक्रमहरु नजिकै आईरहेको तथा पठन-पाठन पनि यथावत सञ्चालन गर्ने उदेश्यले १४ गते बिहीबार (भोलि) विद्यालय खुल्ने जानकारी गराइन्छ ।
नोट : इस्लाम धर्मावलम्बी विद्यार्थीहरुलाई भोलि बिदा दिइएको र छुटेका पाठहरु पछि पुनरावृत्ति गराइने छ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल