निम्न विषयमा आवश्यक जानकारी लिनुहुन अनुरोध गर्दछौँ।
निम्न विषयमा आवश्यक जानकारी लिनुहुन अनुरोध गर्दछौँ।
2026-08-21 04:18 PM
सम्पूर्ण अभिभावकज्यूहरूमा नमस्कार।
निम्न विषयमा आवश्यक जानकारी लिनुहुन अनुरोध गर्दछौँ।
१) गुनासो वा कुराकानीका लागि:
आफ्ना नानीबाबुका सम्बन्धमा कुनै गुनासो वा कुरा गर्नुपर्ने भएमा अन्य अभिभावक बैठकको प्रतीक्षा नगरी बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म नानीबाबुसहित विद्यालयमा उपस्थित भई प्रधानाध्यापकज्यूलाई भेट्नुहुन अनुरोध छ।
२) परीक्षा नतिजाका लागि:
कुनै कारणले हालैको परीक्षाको नतिजा लिन छुट्नुभएको भए यथाशीघ्र विद्यालय समयमा उपस्थित भई अनिवार्य रूपमा नतिजा लिनुहुन अनुरोध छ।
३) परीक्षामा नियमित उपस्थितिका लागि:
SEE र BEE दुवैको तयारी परीक्षाको तालिका दिइसकिएको छ। त्यसैले कुनै पनि विद्यार्थीको परीक्षा नछुटोस् भन्ने कुरामा विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन