मिति - २०८३-०५-३०
आदरणीय अविभावक ज्यु, शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु !
विषय - सहयोग रकम हस्तान्तरण सम्बन्धमा ।
प्रस्तुत विषयमा २०८३ साल भदौ महिनाको १० गते बुधबार नेपाल-चीन सिमा रसुवाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीका कारण
देशका विविन्न जिल्लाहरुमा घटेका अप्रिय घटनाले अझै पनि हाम्रो मन यथास्थितिमा छैन । यस दुःखद् घडीबाट प्रभावित सम्पूर्ण व्यक्तिहरुमा हाम्रो साथ, सहानुभूति तथा ऐक्यबद्धता रहेको छ।
विपद्को यस कठिन समयमा हाम्रो विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अभिभावक, विद्यार्थी, शिक्षक-कर्मचारी तथा व्यवस्थापन पक्षको संयुक्त पहलमा केही सहयोग रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय बमोजिम आज रु. १०२०००/- (रु. एक लाख दुई हजार मात्र) निजी विद्यालयहरुको छाता संगठन प्याव्सन, काठमाडौं मार्फत हस्तान्तरण गरेका छौँ ।
यस मानवीय कार्यमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद तथा सम्मान। ❤️
सहयोग रकम निम्नानुसार संकलन गरिएको जानकारी गराउँदछाैं ।
अभिभावक/विद्यार्थी : २८,०००/-
शिक्षक तथा कर्मचारी : ४४,०००/-
व्यवस्थापन सदस्य : २०,०००/-
विद्यालय कोषबाट : ५,००० /-
विद्यालय चमेनागृह : ५,००० /-
जम्मा सहयोग रकम : १,०२,००० /-
हामी विश्वास गर्छौँ—शिक्षा केवल ज्ञान प्राप्त गर्नु मात्र होइन, मानवता र जिम्मेवारी सिक्नु पनि हो।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कूल (+२)