मिति - २०८३-०६-०९
आदरणीय अविभावक ज्यु 🙏 शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु💕
विषय - विशेष जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत मौसम पुर्वानुमान महाशाखाद्वारा जारी गरिएको विशेष सुचना अनुसार असोज महिनाको ९, १० र ११ गते भारी वर्षात तथा प्रतिकुल मौसमको प्रवल सम्भावना रहेको हुनाले जोखिम न्यूनीकरणको लागि ०९ गते शुक्रबार (आज) विद्यालय बन्द रहने तथा १२ गते सोमबारबाट सम्पुर्ण कक्षाहरुको पठन-पाठन कार्य पुनः सुचारु हुने जानकारी गराउँदछाैं ।
नोट : प्रतिकुल मौसमको यस अवधिमा सम्पुर्ण अभिभावक, शिक्षक-कर्मचारी तथा विद्यार्थीहरुलाई आवश्यक सावधानी अपनाई सुरक्षित रहन साथै जोखिम भएका स्थानमा नजान आग्रह गर्दछौं ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल