मिति - २०८३-०७-२९
आदरणीय अविभावक ज्यु 🙏शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु💕
विषय - विविध जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार कार्तिक महिनाको ३० गते सोमबार (भोलि) छठ व्रत समापनको सार्वजनिक बिदा घोषणा गरिए तापनि पुर्व निर्धारित तालिका अनुसार हाम्रो विद्यालय खुल्ला रहने तथा सम्पूर्ण कक्षाहरुको पठन-पाठन कार्य पुनः सुचारु हुने जानकारी गराउँदछाैं।
आज कार्तिक महिनाको २९ गते ! नेपालीहरुको विशेष चाड छठ पर्व - २०८३ को पावन अवसरमा हाम्रा अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी, शुभ-चिन्तक तथा शिक्षाप्रेमी महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
🇳🇵 💐 🎊 🌷 🎀 🌷 🎊 💐 🇳🇵
नाेट : छठ पुजाको व्रत लिई समापन कार्यक्रममा सहभागी हुने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई मात्र ३० गते सोमबार बिदा दिइएको जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कूल (+२)