मिति : २०८३ कार्तिक ३०
आदरणीय अभिभावक ज्यू 🙏
प्रिय विद्यार्थीहरू ❤️
बिदा सकियो, आजबाट विद्यालय सुचारु भइसकेको छ । अब पढाईलाई निरन्तरता दिने समय आएको छ। नानीबाबुहरूलाई मोबाइलको पर्दाबाट बाहिर निकालेर किताबका पानासँग जोडौँ। उनीहरूलाई मोबाइल चलाउन सिकाउनुभन्दा जीवन बुझ्न सिकाऔँ।
अभिभावकज्यू ! दिनभरि कामको व्यस्ततामा आफ्ना सन्तानलाई समय दिन नसकिएला, तर उनीहरूको बालापन र सिक्ने उमेर फेरि फर्केर आउँदैन। दिनको केही समय उनीहरूसँग बसौँ, कुरा सुनौँ, पढाइ सोधौँ र असल संस्कार दिऔँ। विद्यालयले ज्ञान दिन्छ, घरले संस्कार दिन्छ र अभिभावकको मायाले आत्मविश्वास।
त्यसैले, आज विद्यालय नआउनु भएका नानीबाबुहरूलाई भोलिदेखि नियमित विद्यालय पठाऔँ। उनीहरूको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र घर दुवैको हातेमालो आवश्यक छ।
अन्त्यमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा लिनु भएको छैन भने अब लिनुहोला । जाडाे निकै बढेकाे छ, न्यानो कपडा लगाएर पठाईदिनु होला । "स्वास्थ्य नै सबैभन्दा ठुलाे धन हो"
धन्यवाद ! 😊🙏❤️
विद्यालय प्रशासन