यस प्रतिबद्धपत्रमा हस्ताक्षर गरि पठाईदिनुहुन अनुरोध छ ।
यस प्रतिबद्धपत्रमा हस्ताक्षर गरि पठाईदिनुहुन अनुरोध छ ।
2026-11-17 03:25 PM
मिति २०८३ मंसिर १ गते
अत्यन्त जरुरी सूचना
विषयः अभिभावकको अनिवार्य उपस्थिति तथा लिखित प्रतिबद्धता सम्बन्धमा।
आदरणीय अभिभावकज्यू,
विद्यालयको शैक्षिक वातावरण, अनुशासन तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्रभावकारी बनाउन विद्यालयले निर्धारण गरेका नियम तथा मापदण्डहरूको पूर्ण पालना गराउनु विद्यालय र अभिभावक दुवैको साझा जिम्मेवारी हो।
यसै सन्दर्भमा कुनै पनि विद्यार्थीमा निम्न समस्याहरू वा कमीकमजोरीहरू देखिएमा सम्बन्धित अभिभावकलाई तत्काल विद्यालयमा उपस्थित हुन जानकारी गराइनेछ। अभिभावक विद्यालयमा उपस्थित भई समस्याबारे छलफल गरी आगामी दिनमा त्यस्ता कमीकमजोरी सुधार गर्ने लिखित प्रतिबद्धता जनाएपछि मात्र विद्यार्थीलाई नियमित कक्षामा पठाइने व्यवस्था गरिनेछ। विद्यार्थीहरुको निम्नानुसारको कृयाकलाप पहिलो पिरियडमा कक्षा शिक्षकद्धारा चेक जाँच गरिनेछ। निम्नानुसारको मापदण्ड पूरा नगरेका विद्यार्थीहरुलाई कक्षामा नपठाईनेहुँदा अभिभावकहरुले सो को मनन् गरी आफ्ना नानीबाबुहरुलाई विद्यालय पठनपाठनमा सक्दो सहयोग गर्नुहुन अनुरोधका साथ यो जानकारी गराईन्छ ।
निम्न समस्याहरू देखिएमा अभिभावकलाई विद्यालयमा बोलाइनेछ।
१. विद्यालयलाई जानकारी नगराई अनुपस्थित भएको पाइएमा।
२. नियमित उपस्थिति नभएको पाइएमा।
३. विद्यालयको निर्धारित पोषाकमा कमी वा लापरबाही भएको पाइएमा।
४. व्यक्तिगत सरसफाइमा कमजोरी देखिएमा।
५. खराब बानी, अनुचित व्यवहार वा आचरण देखिएमा।
६. आवश्यक शैक्षिक सामग्री तथा पुस्तक–कापी नल्याएको पाइएमा।
७. हस्तलेखनमा आवश्यक सुधार नगरेको पाइएमा।
८. कक्षामा लापरबाही वा अनुशासनहीन व्यवहार देखाएमा।
९. पढाइ तथा अतिरिक्त क्रियाकलापमा सहभागिता नजनाएको पाइएमा।
१०. गृहकार्य नगरेको वा आधा–अधुरो मात्र गरेको पाइएमा।
अतः सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूको नियमित निगरानी तथा मार्गदर्शन गर्दै विद्यालयको नियम र निर्देशन पालना गराउन आवश्यक सहयोग पु¥याउनुहुन हार्दिक अनुरोध गरिन्छ।
अभिभावकको स्वीकृति तथा प्रतिबद्धताः
मैले/हामीले विद्यालयको उपर्युक्त सूचना पढी तथा बुझी स्वीकार गरेको छु/छौँ। आफ्ना छोरा/छोरीलाई विद्यालयका नियम, अनुशासन तथा शैक्षिक गतिविधिहरूको पूर्ण पालना गराउन घरबाट आवश्यक निगरानी र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु/गर्दछौँ। मेरो कारणले मेरो वा हाम्रो छोराछोरीमा कुनै समस्या देखिएमा म विद्यालयमा आएर अव यस्तो हुनेछैन भनी लिखित प्रतिबद्धता नजनाएसम्म मेरो हाम्रो नानीबाबुलाई विद्यालयको पहिलो पिरियडबाटै अन्य नियमित कक्षाहरुमा नपठाएमा विद्यालय र शिक्षकहरु प्रति म कुनै पनि गुनासो गर्नेछैन।
विद्यार्थीको नामः ............................................
कक्षाः .................... सेक्सनः ....................
अभिभावकको नामः ............................................
सम्पर्क नं.ः ...................................................
अभिभावकको हस्ताक्षरः ....................................
मितिः ....................................
-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
पुनश्चः १) विद्यालय र अभिभावकबीचको आपसी सहकार्य, समझदारी र जिम्मेवारीबोधबाट मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुन्छ। त्यसैले यस सूचनालाई गम्भीरतापूर्वक लिई आफ्नो तर्फबाट आवश्यक सहयोग तथा प्रतिबद्धता व्यक्त गरिदिनुहुन अनुरोध गरिन्छ।
२) यो सूचना विद्यार्थीको नियमित अनुशासन सुधार गर्ने उद्देश्यले प्रभावकारी हुन सक्छ। तर कक्षामा प्रवेश रोक्ने व्यवस्था लागू गर्दा विद्यार्थीको पढाइमा अनावश्यक अवरोध, र हामी कसैलाई पनि झन्झट नहोस् भन्ने कुरामा पनि ध्यान दिनुहुन अनुरोध छं। त्यसैले अभिभावकको लिखित प्रतिबद्धता लिने प्रक्रियालाई सुधारात्मक र सहकार्यमा आधारित बनाउनु राम्रो हुन्छ भन्ने ठानेका छौं। धन्यवाद।
-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
विद्यालय प्रशासन
महान् सिद्धार्थ हाईस्कुल, चावहिल, कुमारीगाल