मिति - २०८३-०८-०५
आदरणीय अविभावक ज्यु 🙏 शिक्षक मित्र तथा प्यारा विद्यार्थीहरु 💕
विषय - अभिभावक बैठक सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिका अनुसार मंसिर महिनाको ०६ गते आइतबार (ठिक ८:०० बजे) यस विद्यालयको प्रधानाध्यापक डा. बाबुराम के.सी. को अध्यक्षतामा विद्यालयको सम्पुर्ण बोर्ड सदस्य तथा विषय शिक्षकहरुको सहभागितामा सामुहिक बैठक आयोजना गरिएको सहर्ष जानकारी गराउँदछौं ।
नोट : कक्षा - १० मा अध्ययनरत
नानीबाबुहरुको प्री-बोर्ड तथा एसइइ परिक्षा पनि नजिकै आइरहेको हुनाले पढाई लगायत अन्य विविध कुराहरुमा त्रि-पक्षिय गहन छलफल हुने हुँदा विद्यार्थी तथा अभिभावकज्युको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
विद्यालय प्रशासन